FERI आवेदन कामादार पठाउने संस्थाका लागि

यसमा JP-MIRAI द्वारा IJ-FERI मा कसरी सहभागी हुने भन्ने बारे जानकारी दिइएको छ।
कृपया नेपाली भाषामा तयार पारिएको सन्दर्भ सामग्रीलाई हेर्नुहोस्।

FERI Guideline

FERI Work Flow

STEP 1

कृपया तलका ४ वटा कागजातहरू तयार गर्नुहोस्।

●FERI निर्देशिका र सम्बन्धित कानुन र नियमहरूको पालना सम्बन्धी प्रतिज्ञापत्र

  1. कृपया तलको लिङ्कबाट प्रतिज्ञापत्र फर्म डाउनलोड गर्नुहोस्। English / Nepali
  2. कृपया फर्मको माथिल्लो बाँया कुनामा आफ्नो संस्थाको लोगोको छवि टाँस्नुहोस्।
  3. कृपया प्रतिज्ञापत्रमा उल्लिखित सबै धाराहरू पढेर सहमत भएमा सबै चेकबक्समा मार्क गर्नुहोस् (सहमत नभएमा आवेदन दिन सक्नुहुन्न)।
  4. पूर्ण भरेको फर्म प्रिन्ट गरी आफ्नो प्रतिनिधिले हस्ताक्षर गर्नुहोस्।
  5. हस्ताक्षर गरेपछि स्क्यान गरी PDF गरेर वा प्रिन्टलाई फोटो खिचेर आवेदनलाई साइटमा अपलोड गर्नुहोस्।


●विगतका रिक्रुट्मेन्ट विवरणहरूको सूची

प्रस्तुत गर्ने तरिका (फर्म्याट) जुनसुकै भए पनि हुन्छ।
यदि अब बनाउने हो भने, कृपया यो फर्म्याट डाउनलोड गरी प्रयोग गर्नुहोस्। 

●सेण्डिङ अर्गनाइजेशन या पठाउने कम्पनिको जिम्मेवार मुख्य व्यक्तिको बायोडाटा
● कामदार पठाउने देशबाट पठाउने संस्थालाई दिइएको व्यवसाय अनुमतिको प्रमाणपत्र

【महत्त्वपूर्ण सूचना】

(1) पहिलो वर्ष निःशुल्क हुन्छ। दोस्रो वर्षदेखि वार्षिक ३०,००० येनको सदस्यता शुल्क लाग्नेछ।

(2) केही आवेदनहरू मार्गदर्शनसूचना 2-32 का आवश्यकताहरू नपुगी गरिएको देखिन्छ।
समीक्षा सहज रूपमा गर्नका लागि, आवेदन गर्नु अघि कृपया तलका बुँदाहरू अनिवार्य रूपमा जाँच गर्नुहोस्।
प्रस्तुत गर्ने तरिका (फारम्याट) जुनसुकै भए पनि हुन्छ।
यदि तपाईं अब बनाउन लाग्दै हुनुहुन्छ भने, कृपया उपलब्धि र शुल्क विवरण फारम प्रयोग गर्नुहोस्।

उपलब्धि र शुल्कको लागि फर्म्याट।

▼निर्देशिका 2-32

कामदार पठाउिे संस्थाले निम्िशलखित जािकारी आफ्िो वेबपेजिा प्रकाशित गिेि।
・पनिल्ला २ विािा आप्रवासी श्रशिकहरूसँग भएको सम्झौताहरूको संख्या
・त्यसिध्ये ववर्देि जाि सफल भएका आप्रवासी श्रशिकहरूको संख्या
・अिुिानित िुल्कको राशि र वववरण

(3) यदि कुनै कागजातहरू छुट्यो भने मूल्याङ्कन गर्न असम्भव हुन्छ, त्यसैले कृपया चारवटै कागजातहरू अनिवार्य रूपमा अपलोड गर्नुहोस्।

(4) आवेदन साइट जापानी भाषामा छ। अन्य भाषामा हेर्न चाहनु भएमा, कृपया आफ्नो उपकरण/ब्राउजरको अनुवाद सुविधा प्रयोग गर्नुहोस्।

(5) आवेदन फाराम अनुवाद गर्न वा जापानीमा इनपुट गर्न कठिनाइ भएमा प्रतिनिधिको रूपमा इनपुट गर्न मद्धत गर्ने सेवा उपलब्ध छ। कृपया FERI सचिवालयसँग सम्पर्क गर्नुहोस्।

STEP 2

  • कृपया तलको देशअनुसारको आवेदन लिङ्कबाट आवेदन दिनुहोस्।

外国人労働者受入れに関わる皆さまへ

私たちと一緒に、
よりよい受入れについて考え活動しませんか?

JP-MIRAI 会員になる
日本にほんはたら外国人がいこくじんみなさまへ

こまっていることは、ありますか?
調しらべものや相談そうだんは「JP-MIRAI ポータル」で。

JP-MIRAIポータルへ